+
+

अर्को वर्षदेखि सामसङका टिभी नेपालमै उत्पादन हुने

सुवास पण्डित सुवास पण्डित
२०७९ भदौ ८ गते १९:०८

८ भदौ, नवलपरासी । अर्को वर्षदेखि सामसङ टिभी नेपालमै उत्पादन हुने भएको छ । कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा नवलपरासीको भूमे रोडमा बन्ने सामसङ टिभीको फ्याक्ट्री बुधबार शिलान्यास भएको छ ।

बुधबार नवलपारासीमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले फ्याक्ट्रीको शिलान्यास गरे । फ्याक्ट्री सन् २०२३ मै सञ्चालनमा ल्याउने नेपाली साझेदार एवम् गोल्छा अर्गानाइजेसनका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

फ्याक्ट्रीको क्षमता दैनिक एक हजार टिभी उत्पादन गर्ने हुनेछ ।

सामसङ दक्षिण कोरियाको प्रविधिकको सुपरभिजनमा सञ्चालनमा आउने फ्याक्ट्रीमा १५० जनाले तत्काल प्रत्यक्ष रोजगारी पाउने छन् ।

केही दिनमै उद्योगको फिटङ सुरु हुने नेपाली लगानीकर्ता एवम् गोल्छा अर्गानाइजेसनका अध्यक्ष गोल्छाले बताए । सामसङ इलेक्ट्रोनिक्ससँगको २२ वर्ष लामो व्यापार साझेदारीले नेपालै फ्याक्ट्री बनाउने वातावरण बनेको भन्दै गोल्छाले धन्यवाद पनि ज्ञापन गरे ।

कार्यक्रममा सामसङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सीईओ केन काङले लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससँग मिलेर फ्याक्ट्री स्थापना गर्न लागेको बताए । नयाँ एलईडी टिभी कारखाना नेपाली जनता प्रतिको बढ्दो विश्वास एवम् मायाको प्रतीक भएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही, सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष एचके पार्कसामसङ लगायतको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?