
काठमाडौं । भारतीय आध्यात्मिक सेलिब्रिटी सद्गुरुको निम्तोमा अभिनेता राजेश हमाल बिहीबार बैंग्लोरतर्फ प्रस्थान गरेका छन् । हमालसँगै गायक रवि ओड र भीवाईएफका सञ्चालक दशरथ सुनार समेत छन् ।
हमालले तमिलनाडुस्थित कोइमबतुर पुगेर योग तथा आध्यात्मिक व्यक्तित्व समेत रहेका सद्गुरुसँग एक टक शो छायांकन गर्नेछन् । यो प्रतीक्षित टक शो उनको आश्रममा हुनेछ ।
शनिबार सुटिङ हुने उक्त टक शोमा हमाल र सद्गुरुबीच नेपाल र भारतबीचको मित्रता, संस्कृति र अध्यात्म लगायतको विषयमा कुराकानी हुनेछ । भीवाईएफ टक शो योसँगै वैश्विक सेलिब्रिटीसँग कन्भर्सेसन पनि थालनी गर्दैछ ।
धेरै अघिदेखि हमाल र सद्गुरुबीच संवादका लागि पहल भएको थियो । सद्गुरुको औपचारिक निम्तो आएपछि हमाल त्यसतर्फ लागेका हुन् ।
यसैबीच, सद्गुरुले भदौ १७ गते नेपालमा प्रवचन समेत दिने भएका छन् । उक्त प्रवचनलाई नेपाल नेटवर्क टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने बिहीबारै सम्झौता समेत भएको छ ।
प्रतिक्रिया 4