
फाइल तस्वीर
९ भदौ, काठमाडौं । श्री एयरलाइन्सले पोखरामा उडान संख्या बढाएको छ । कम्पनीले २८ अगस्ट (१२ भदौ)देखि दैनिक तीन उडान गर्ने जानकारी गराएको हो ।
कम्पनीले अहिले दैनिक एक उडान गरिरहेको थियो । काठमाडौंबाट बिहान ७, दिउँसो ११ः०५ र अपरान्ह १३.५५ बजे जहाज उड्ने गरेको कम्पनीले जनाएको छ ।
पर्यटकीय मौसम सुरु हुनै लाग्दा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मिति नजिकिँदै जाँदा श्रीले पोखरामा उडान थपेको हो । पोखरामा बुद्ध एयर, यति एयरलाइन्स र गुण एयरले नियमित उडान गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4