
९ भदौ, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिलिपि नागरिकता लिने समय परिवर्तन गरेको छ । कार्यालयमा दिउँसो सेवाग्राहीको चाप धेरै बढेपछि प्रतिलिपि नागरिकता बिहान मात्र दिने व्यवस्था गरेको छ । भदौ १० गतेदेखि १६ गतेसम्म बिहान ७ बजेदेखि १० बजेसम्म प्रतिलिपि नागरिकता सम्बन्धी सेवा प्रवाह हुने जानकारी जिल्ला प्रशासन कार्यालय पर्साले गराएको छ ।
बिहान १० बजेदेखि ४ बजेसम्मको कार्यालय समयमै सबैखाले सेवा प्रवाह हुँदा सेवाग्राहीको भीड भएपछि प्रतिलिपि नागरिकता सम्बन्धि सेवाको समय परिवर्तन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार भदौ ९ गतेसम्म अनुसूची फाराम फेश गरेको तर प्रतिलिपि नागरिकता प्राप्त गर्न नसकेका सेवाग्राहीले भदौ १० गतेदेखि १६ गतेसम्म सार्वजनिक विदाको दिन बाहेक बिहान ७ बजेदेखि १० बजेसम्म प्रतिलिपि नागरिकता लनि सक्नेछन् ।
यसअघि पनि सेवाग्राहीको चाप बढेर जिल्ला प्रशासन कार्यालय अव्यवस्थित बनेपछि ईपासपोर्ट र राष्ट्रिय परिचय पत्रको फर्म पनि पालिकाबाट भर्ने व्यवस्था मिलाइएको थियो । सुपौलीमा ईलाका प्रशासन कार्यालय स्थापना भए पनि प्रभावकारी सेवा दिन नसक्दा जिल्लाभरिका सेवाग्राही पासपोर्ट र नागरिकता बनाउन वीरगञ्ज नै आउने गरेका छन् ।
प्रतिक्रिया 4