+

नेपाल र केन्याको दोस्रो खेल आज

२०७९ भदौ  १० गते ९:०५ २०७९ भदौ १० गते ९:०५
नेपाल र केन्याको दोस्रो खेल आज

१० भदौ, काठमाडौं । नेपाल र केन्याबीचको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

भिसा समस्याका कारण खेलाडीहरु विभिन्न चरणमा नैरोबी पुग्नका बावजुत पनि बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएर पाँच खेलको शृंखलामा १-० को अग्रता लिइसकेको छ । बुधबार मात्रै केन्या पुगेका सोमपाल कामीले बिहीबारको खेलमा ३ विकेट लादै म्यान अफ दि म्याच घोषित भएका थिए ।

पहिलो खेलमा दोस्रो चरणमा केन्या पुगेका सोमपाल कामी र बिहीबारै बिहान पुगेका आदिल आलम पनि खेलेका थिए । कप्तान सन्दीपसहित ११ खेलाडी पहिलो चरणमै केन्या पुगेका थिए ।

बाँकी दुई खेलाडी बसिर अहमद र शाहब आलम पनि केन्या पुगिसकेका छन् । दोस्रो खेलका लागि नेपाली टिममा सबै खेलाडी उपलब्ध हुनेछन् ।

पहिलो खेल जितेपछि नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।

आइसीसी टी-२०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय