
काठमाडौं । रिलिजको पूर्वसन्ध्यामा फिल्म राधाको प्रिमियर गरिएको छ । नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजित प्रिमियरमा सेलिब्रिटी र आगन्तुक खचाखच रहे ।
प्रिमियरमा कलाकारहरु सृष्टि श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राई, दिव्य देव, मेनुका प्रधान लगायत उपस्थित थिए । च्यारिटी प्रदर्शन शैलीमा गरिएको प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया प्राप्त गरेको छ ।
स्क्रिनिङअघि कलाकार र निर्देशक सुवर्ण थापाले पत्रकारसँग फिल्मबारे सवालजवाफ गरेका थिए । सौगात मल्ल र देवकी विष्टको निर्माण रहेको फिल्म शुक्रबारदेखि नेपालसहित केही मुलुकमा रिलिज भएको छ ।
सौगात, सृष्टि, दयाहाङ, खगेन्द्र लामिछाने, निश्चल बस्नेत र बुद्धि तामाङको प्रमुख भूमिका रहेको फिल्मको कथावस्तुलाई प्रिमियरमा सहभागीले रुचाएका छन् ।
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4