
१० भदौ, काठमाडौं । राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भिड लाग्छ । तर, विभागले आफ्ना सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा दिएको छैन । जसका कारण सेवाग्राहीले आसपासका गल्लीमा कष्टपूर्ण तरिकाले सवारी साधन राख्नु पर्ने बाध्यता रहेको छ ।
विभागले बनाएको बेसमेन्टलाई ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहेको छ । जुन पार्किङका रुपमा प्रयोग हुनुपर्ने थियो ।
तर, पार्किङ प्रयोजनको क्षेत्र सो प्रयोजनमा प्रयोगमा ल्याउन नसक्दा सेवाग्राहीले भने सास्ती भोग्न बाध्य भएका हुन् ।
गल्लीमा राखेका सवारी साधनमा ट्राफिक प्रहरीले समेत निगरानी गर्छ । सोही कारण राहदानी विभागको सेवा लिन जाने सेवाग्राहीले दोहोरो झन्झट बेहोर्नु परेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4