
१० भदौ, काठमाडौं । शिवम् सिमेन्टको विशेष साधारण सभा सम्पन्न भएको छ । साधरणसभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने निर्णय गरेको छ ।
बैठकले प्रबन्धपत्रको दफा ६ को खण्ड (ख) र (ग) तथा नियमावलीको नियम नम्बर २३, नियम नम्बर २५ को (५) नियम नम्बर २७ को (२), नियम नम्बर २९ र नियम नम्बर ३१ संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।
उक्त संशोधनसँगै कम्पनीको सञ्चालक समितिको संख्या ७ जनाबाट ६ जना कायम भएको छ । कम्पनी ऐन २०६३ को दफा ७३ बमोजिम ५१ प्रतिशत वा सो भन्दा बढी सेयर धनीहरुको उपस्थितिमा साधारण सभा सञ्चालन गर्न सकिने गरी नियमावलीमा व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
सर्वसाधारणका लागि आईपीओ निष्कास गर्ने पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले उत्पादन समयदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट ओपीसी मात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । साधरणसभा कम्पनीका सञ्चालक अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा बसेका थियो ।
प्रतिक्रिया 4