१० भदौ, काठमाडौं । दोस्रो टी-२० अन्तर्राष्ट्रियमा केन्याले नेपाललाई जितका लागि १३३ रनको लक्ष्य दिएको छ ।
नैरोवीस्थित जिमखान क्रिकेट मैदान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गरेको केन्याले ८ विकेट गुमाएर १३२ रन बनाएको हो । केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाए भने नेहेमिह ओडिएम्बोले ३१, इर्फान २२ रन बनाए । सचिन बुडिअले १४ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछाने, करण केसी र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए ।
पवन सर्राफले १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले एक नटआउट गराएका थिए । पहिलो टी-२० मा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।
प्रतिक्रिया 4