
१० भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि इकाइ समितिले त्रिवि कार्यकारी परिषद्को बैठकबाट कागजातहरु नियन्त्रणमा लिएको छ ।
शुक्रबार होटल यल्लो पेगोडामा बसिरहेको त्रिवि कार्यकारी परिषदको बैठकबाट कागजातहरु नियन्त्रणमा लिइएको नेविसंघ त्रिवि इकाइ समितिका सचिव योगेन्द्र रावलले बताए ।
उनले अनलाइनखबरसँग भने, ‘ त्रिविमा यति धेरै संरचना हुँदा हुँदै यस्तो महँगो होटलमा त्रिवि परिषद्को बैठक किन गरेको ? हामीले किनेको कलमको कर खाएर महँगो होटलमा कार्यक्रम गर्न मिल्छ ?’
उनले त्रिवि परिसरमै परिषदको बैठक नबसुन्जेलसम्म नेविसंघले परिषदका सबै बैठकहरु बिथोल्ने चेतावनीसमेत दिए ।
त्रिवि पदाधिकारी शिक्षक तथा कर्मचारीको नयाँ तलबमान निर्धारण गर्न, नेपाल कमर्श क्याम्पस मीनभवन पूँजीगत शीर्ष बजेट विनियोजन गर्न, विज्ञात तथा प्रविधि अध्ययन संस्थानडीनको कार्यालय प्रभावकारी कार्य सम्पादन गर्न इ-बैंकिङलगायत सात एजेन्डामाथि छलफल गर्न त्रिवि कार्यकारी परिषदको बैठक बसेको थियो।
नेविसंघले कागजात नियन्त्रणमा लिएपछि त्रिवि परिषदंको बैठकमा उपस्थित उपकुलपति, रजिष्ट्रार, रेक्टर, डिनलगायतका पदाधिकारीहरु होटलबाट भागेका छन् ।
नेविसंघ त्रिवि इकाइ समितिले त्रिविका विभिन्न निकायमा गत असारदेखि नै तालाबन्दी गर्दै आएको छ ।
प्रतिक्रिया 4