+

नवौं राष्ट्रियका स्वर्ण विजेतालाई वागमती प्रदेशले मासिक भत्ता दिने

२०७९ भदौ  १० गते १७:५२ २०७९ भदौ १० गते १७:५२
नवौं राष्ट्रियका स्वर्ण विजेतालाई वागमती प्रदेशले मासिक भत्ता दिने

१० भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने आफ्नो टिमका खेलाडीलाई वागमली प्रदेश सरकारले मासिक भत्ताको व्यवस्था गर्ने घोषणा गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले च्याम्पियन खेलाडीलाई मासिक ६ हजार रुपैयाँ भत्ताको व्यवस्था हुने घोषणा गरेका हुन् ।

नवौं राष्ट्रियका विजेता खेलाडीले दशौं राष्ट्रिय खेलकुद आयोजना हुनु अघिल्लो महिनासम्म भत्ता पाउनेछन् । सामुहिक खेलका सबै खेलाडी र एकल खेल दुवैमा स्वर्ण जित्नेले जनही भत्ता पाउनेछन् ।

वागमती प्रदेशले प्राथमिकतामा राखेका ९ खेलमा स्वर्ण जित्ने खेलाडीले मात्र यो सुविधा पाउँछन् । वागमती प्रदेश खेलकुद ऐन २०७५ र नियमावली २०७६ मा उल्लेख भएका ९ खेलका विजेता खेलाडीलाई भत्ता दिएर नयाँ परम्पराको थालनी गर्न लागिएको खेलकुदमन्त्री ढकालले जानकारी दिए ।

राष्ट्रिय खेलकुदकै विजेतालाई मासिक भत्ताको व्यवस्था भएको यो पहिलोपल्ट हो । सुरुवाती चरणमा ९ खेल समावेश गरिए पनि नियमावली संशोधन गरी सबै खेलका विजेता खेलाडीलाई भत्ताको व्यवस्था गरिने वागमती प्रदेश खेलकुद परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

बागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि ४५ दिनको बन्द प्रशिक्षण सन्चालन गर्ने र त्यसका लागि आवश्यक ९ करोड बजेटमध्ये ५ करोड विनियोजन भइसकेको मन्त्री ढकालले जानकारी दिएका छन् ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । प्रतियोगितामा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश गरिएको छ । वागमती प्रदेशले ३६ खेलका सबै इभेन्टमा सहभागिता जनाउने भएको छ । राखेपले नवौं खेलकुदमा एउटा टिमले ३३४ महिला र ३७४ पुरुष गरी ७०९ जना खेलाडीको अधिकतम कोटा निर्धारण गरेको छ । वागमतीका सदस्यसचिव भण्डारीले पूर्ण कोटामा खेलाडी समावेश गर्ने जानकारी दिए ।

वागमती प्रदेशले भदौ २० गतेसम्म प्रदेश छनोट सम्पन्न गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्नेछ । प्रदेश छनोट गर्दा अघिल्लो वर्ष सम्पन्न प्रदेश खेलकुद प्रतियोगितालाई प्रमुख आधार बनाइनेछ ।

नवौं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय