+
+

हैजा नियन्त्रण गर्न चुन छर्किंदै महानगर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १८:३९
फाइल तस्वीर

१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले हैजा नियन्त्रणका लागि प्रत्येक वडामा किटनाशक चुन छर्किन थालेको छ ।

उपत्यकामा हैजाका बिरामी बढ्न थालेपछि काठमाडौंका ३२ वटै वडा कार्यालयले फोहोर उठाइएका क्षेत्र, घाँस तथा झाडी भएको क्षेत्रमा सरसफाइ गर्दै चुन छर्किने काम भइरहेको महानगरले जनाएको छ ।

बुधबार महानगरले एक परिपत्र जारी गर्दै सबै वडामा हैजा नियन्त्रण गर्न फोहोर उठाइएका क्षेत्रमा चुन छर्न आग्रह गरिएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।
महानगरको निर्देशन अनुसार सबै वडा कार्यालयलहरुले फोहोर उठाइएका क्षेत्र तथा झाडी भएको स्थानमा चुन छर्न सुरु गरिएको मानन्धरले बताए ।

पछिल्लो समय काठमाडौं उपत्यकामा डेंगुको समेत संक्रमण बढेको छ । डेंगु संक्रमण रोक्न जनचेतना फैलाउन महानगर क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?