
१० भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) बीच आर्थिक एवं वित्तीय क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्न समझादारी भएको छ ।
सीबीफीनको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यान र एक्यानका अध्यक्ष दीपक पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अर्थतन्त्र एवं बैंक तथा वित्तीय क्षेत्रको सुधार एवं दिशाबोध गर्नका लागि नीतिगत बहस तथा पैरवी गर्ने विषयमा मिलेर काम गर्ने उल्लेख छ ।
दुवै संस्थाले पारस्परिक सहकार्यमा अध्ययन तथा अनुसन्धान गर्ने, आर्थिक एवं वित्तीय सवलीकरणसम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्ने र नीति नियमको प्रभाव मूल्यांकन तथा बहस पैरवी गर्दै देशको समग्र आर्थिक विकासका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत अन्य सम्बन्धित निकायसँग संयुक्तरुपमा पहल गर्ने उल्लेख छ ।
प्रतिक्रिया 4