
११ भदौ, सप्तरी । जिल्ला समन्वय समिति सप्तरीका निवर्तमान प्रमुख प्रभाकर यादव जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।
शनिबार राजविराजमा आयोजित कार्यक्रममा यादव जसपामा प्रवेश गरेका हुन् । उनीसँगै लोकतान्त्रिक समाजवादी पार्टीका पूर्व जिल्ला अध्यक्ष अमरनाथ मण्डल, छिन्नमस्ता गाउँपालिकाकी निवर्तमान वडा अध्यक्ष प्रमिला यादव, विवेकशील पार्टीका केन्द्रीय सदस्य सुमन कुमार मिश्रासहितका पनि जसपा प्रवेश गरेका हुन् ।
तत्कालीन राजपाबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित यादव पछिल्लो समयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा थिए । तर स्थानीय तहको निर्वाचनमा लोसपाले छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदको टिकट नदिएपछि उनी हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबाट चुनाव लडेका थिए । यद्यपि उनी पराजित भएका थिए ।
पार्टी प्रवेश गरेका यादवसहितकालाई जसपा अध्यक्ष उपेन्द्र यादवले सदस्यता प्रदान गर्दै माला र गमछा लगाएर स्वागत गरेका छन् ।
प्रतिक्रिया 4