१२ भदौ, काठमाडौं । आर्सनलले प्रिमियर लिग फुटबलमा शतप्रतिशत जितलाई निरन्तरता दिँदै शनिबार राति फुलहमलाई २-१ ले पराजित गरेको छ ।
एक गोलले पछि परेको आर्सनलले पुनरागम गर्दै फुलहमलाई २-१ ले हरायो । यस सिजन आर्सनलको यो लगातार चौथो जित हो ।
जितपछि आर्सनल चार खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ ।
घरेलु मैदानमा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्ड र गाब्रियल मागलहेसले एक एक गोल गरे । फुलहमका एलेक्जान्डर मिट्रोभिचले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५६ औं मिनेटमा मिट्रोभिचले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । तर अग्रता लामो समय टिकेन ।
६४औं मिनेटमा ओडेगार्डले आर्सनलका लागि बराबरी गोल फर्काए । ८५ औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए ।
प्रतिक्रिया 4