
१२ भदौ, काठमाडौं । कानुन विपरीत निर्माण गरिएको भन्दै भारतको नोयडामा रहेका दुईवटा अग्ला भवन भत्काउन लागिएको छ ।
सुपरटेक बिल्डरले निर्माण गरेका एपेक्स र केएन नामबाट चिनिने टावर भत्काउन अदालतले आदेश दिएको थियो ।
भवन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ पड्काएर ध्वस्त पारिने छ । भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको छ ।
आसपासको सडक पनि आधाघन्टामा लागि बन्द गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
नोएडा अथोरिटी र सुपरटेकले भवन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले नोएडा प्राधिकरणको निर्देशन अनुसार भवन भत्काउन आदेश दिएको थियो ।
भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च कम्पनीले नै व्यहोर्नु पर्ने अदालतको आदेश छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4