
काठमाडौं । चलचित्र निर्माता संघको चुनावी चटारो सुरु भएको छ । भदौ १८ गते संघको वार्षिक साधारणसभा तथा कार्यसमिति निर्वाचन हुँदैछ ।
अध्यक्ष पदको उम्मेदवारका लागि नवल खड्का, अशोक शर्मा र वर्तमान अध्यक्ष आकाश अधिकारी आकांक्षी देखिएका छन् । खड्काले त आइतबार फेसबुकमार्फत घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेका छन् ।
३० बुँदे योजनापत्रमा खड्काले पेशागत हकहितदेखि फिल्म पूर्वाधार निर्माणसम्मका मुद्दा उठाएका छन् । नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजारीकरणमा कार्य गर्नेदेखि प्रदर्शन सहजीकरण गर्नेसम्मका मुद्दा यसमा समेटिएका छन् ।
विदेशी फिल्मले नेपाली संस्कृतिमा असर पारेको तर्क गर्दै उनले तिनीहरुको बजारलाई हतोत्साही गर्न कर वृद्धि गर्ने एजेन्डा पनि राखेका छन् । खड्का विगतमा संघको सचिव र कलाकार संघको अध्यक्ष पनि रहिसकेका छन् ।
संघ मुलुकका फिल्म निर्माताहरुको छाता संस्था हो ।
प्रतिक्रिया 4