+
+

चुनाव परिचालनका लागि एमालेले बनायो सचिवालय, सचिवमा विष्णु रिमाल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १३:४०

१२ भदौ, काठमाडौं। मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्‍य चुनावका लागि नेकपा एमालेले गठन गरेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय गठन भएको छ।

आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो । त्यस्तै बैठकले निर्वाचन परिचालन कमिटी सचिवको जिम्मा उपमहासचिव विष्णु रिमाललाई दिएको छ ।

२६ साउनमा बसेका एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको थियो ।

निर्वाचन परिचालन कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष÷महासचिव र विभागका सचिव सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?