
१२ भदौ, काठमाडौं । काठमाडौं महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डरपास (सब-वे) माथि अवैध संरचना भत्काएको छ । आइतबार भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काएको हो ।
पैदलयात्रु हिँड्ने सब-वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काएको नगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । महानगरले ठेक्का दिएको ठेकदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काएको बताए ।
यस्तै सब-वेभित्रका ७ वटा बाहेकका सबै अवैध सटर हटाइएको महानगरपालिकाले जनाएको छ । यो सब-वेमा पैदलयात्रु हिँड्रन सकस हुने गरी काठमा संरचना थपेर पसलहरू राखिएका छन् । ती सबै संरचना हटाइने महानगरपालिकाले जनाएको छ ।
हेर्नुस् तस्वीरहरु :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4