१२ भदौ, काठमाडौं । राकेप पटेल र इर्फान करिमले अर्धशतक प्रहार गरेपछि केन्याले तेस्रो टी-२० खेलमा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ ।
नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २ विकेट गुमाएर १५६ रन बनाएको हो । पटेलले ४३ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा अविजित ७३ रन बनाए ।
यस्तै करिमबले ४७ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५५ रन जोडे । केन्याले अन्तिम पाँच ओभरमा ६९ रन जोडेको थियो । पटेल र करिमसुम नेपाली बलर कमजोर देखिए । नेपालका लागि सोमपाल कामी र बदिल बलमले एक-एक विकेट लिए ।
प्रतिक्रिया 4