
१२ भदौ, काठमाडौं । नेपालमा जहाजका पाटपुर्जा आयात गर्न एक वर्षको अवधिमा ६ अर्ब रुपैयाँ बराबर रकम विदेशिएको छ ।
नेपाल राष्ट्र बैंकले एक वर्षको तथ्यांकमा आधारित रहेको सार्वजनिक गरेको विवरण अनुसार जहाजका पाटपुर्जाको आयातमा मात्र आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब २ करोड ८५ लाख रुपैयाँ बराबरको जहाजको पाटपुर्जा आयात भएको छ ।
यस आवमा गत आवको तुलनामा पाटपुर्जा आयात ६०.४ प्रतिशत वृद्धि भएको छ । आव २०७७/७८ मा मात्र ३ अर्ब ७५ करोड ९२ लाख रुपैयाँ बराबरको पाटपुर्जा आयात भएको थियो । यसो हुनुमा कोरोना (कोभिड-१९) भाइरसको महामारी र लकडाउन मुख्य कारण हो ।
लकडाउनको समयमा हवाई यातायात समेत लामो समय प्रभावित बनेको थियो । तथ्यांक अनुसार आव २०७६/७७ मा २१ अर्ब ३६ करोड ९० लाख रुपैयाँ बराबरको पाटपुर्जा आयात भएको थियो ।
नेपालमा करिब तीन दर्जन हेलिकप्टर र ५ दर्जन हाराहारी हवाईजहाज रहेका छन् । यी जहाजले निश्चित अवधिमा आफ्ना पाटपुर्जा नियमित परिवर्तन गर्नुपर्छ ।
कुन आवमा कति रुपैयाँका पाटपुर्जा आयात ?
- आव २०७८/७८ : ६ अर्ब २ करोड
- आव २०७७/७८ : ३ अर्ब ७५ करोड
- आव २०७६/७६ : २१ अर्ब ३६ करोड
प्रतिक्रिया 4