
काठमाडौं । मोको डिजिटल वालेटमा माछापुच्छ्रे बैंकको भिसा डेबिट र क्रेडिट कार्ड लिंक गरी भुक्तानी गर्न सकिने भएको छ ।
माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिले सञ्चालन गरेको मोको डिजिटल वालेट बीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएसँगै बैंकका ग्राहकहरुले उक्त सुविधा पाउने भएका हुन् ।
बैंकका ग्राहकले उक्त वालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिंक गरी मोबाइल टपअप, इन्टरनेटको, बिजुली ,खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद लगायतका सेवाहरु प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । यस्तै बैंकका ग्राहकहरुले मोको मार्फत स्क्यान ‘टु पे’को माध्यमबाट एक हजार ५०० भन्दा बढी विभिन्न मर्चेन्टहरु मार्फत कारोबार गरी रकम भुक्तानी समेत गर्न सक्नेछन् ।
माछापुच्छ्रे बैंकका मर्चेन्टहरुले ‘एमभीसा’, ‘अली पे’ र ‘युनिय पे–युनियन–पे’ सँग सम्बद्ध अन्तर्राष्ट्रिय कारोबारको क्यूआरबाटै भुक्तानी लिन सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया 4