
काठमाडौं । टीभीएसले धनगढी क्षेत्रका ग्राहक लक्षित ‘आपाचे ओनर ग्रुप’ (एओजी) राइड संस्करणको आयोजना गरेको छ । एओजी राइड नगढीको बागेश्वरी अटोमोटिभ्सदेखि स्टेट ७ होटल गोदावरीमा पुगेर सम्पन्न भएको थियो । उक्त राइडमा ४० जना राइडरको सहभागिता रहेको थियो ।
एओजी राइडमा सहभागी राइडरहरुले धनगढी क्षेत्रमा एओजी राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे । राइडका क्रममा सडक सुरक्षा सम्बन्धी थप जानकारी पाएको सहभागीहरुले बताए ।
नेपालको चर्चित एवं पर्यटकीय स्थल धनगढीमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य भएको भन्दै उनीहरुले आगामी दिनमा पनि यसखालको कार्यक्रम आयोजना हुनेमा विश्वस्त रहेको बताएका थिए ।
टीभीएसले हालसम्म काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा एओजी राइड सम्पन्न गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4