१३ भदौ, काठमाडौं । बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको छात्रातर्फ सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हात्तीगौडास्थित आयोजक युरो स्कुलको कोर्टमा बीआईएसले सेन्ट जोसेफलाई १९–१० ले पराजित गर्यो । बीआईएसकी अभ्नी बरालले ८ अंक जोडिन् ।
छात्रमा मोर्डन इन्डियन स्कुल (एमआईएस) सेन्ट जोसेफलाई २९–२८ तथा सेन्ट जोसेफले काष्ठमण्डपलाई ४६–२२ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । एमआईएसका आयुश राईले १६ तथा सेन्ट जोसेफका क्षितिज राईले २० स्कोर गरे ।
छात्रमै गुहेश्वरीले साम्तेनलाई ३१–११, सेन्ट जेभियर्सले आयोजक युरोलाई ३४–२७ र बीआईएसले काठमाडौं वल्र्ड स्कुललाई ३३–२७ ले पन्छाए । गुहेश्वरीका सुशील चौधरीले १४, सेन्ट जेभियर्सका शुभम् सैजुले १२ र बीआईएसका चेतन फुराले २४ अंक बटुले ।
प्रतिक्रिया 4