
काठमाडौं । अग्नि ग्रुपले कुरिन्टारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम सञ्चालनमा ल्याएको छ । महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुविधा सम्पन्न शोरूम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउन केन्द्रीत रहेको बताए । उनले सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण उपभोक्ताले अधिकतम सन्तुष्टि पाइरहेको बताए ।
महिन्द्रा गाडी किन्ने ग्राहकले थ्री एस सेटअप अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै उपयोगी सवारी साधन, एसयूभी, पिकअप सहितका सबै उत्पादनहरू मात्रै नभई महिन्द्रा ट्रयाक्टर मोडलहरु (जस्तै नयाँ ‘एसपी प्लस’, यूभो, नोभो, जिभो र युभराज ट्रयाक्टर श्रृंखला आदि) बिक्री, उत्कृष्ट सेवा र सक्कली स्पेयर पार्टसको लाभ उपलब्ध गराउनमा समर्पित हुने उनले बताए ।
कुरिन्टार र आसपासका ग्राहकलाई गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर नयाँ शोरुम सञ्चालनमा ल्याइएको उनले बताए । यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने उनले बताए ।
शोरुम उद्घाटन समारोहमा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4