१४ भदौ, काठमाडौं । एन्टोनी ग्रीजमनको एक मात्र गोल मद्दतमा एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ ।
भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ग्रीजमनले ६६औं मिनेटमा थोमस लेमारको पासमा गोल गरे । उनी ६४औं मिनेटमा जिफ्रे कोन्डोगबियाको स्थानमा मैदान प्रवेश गरेका थिए र दुई मिनेटपछि नै गोल गरे ।
२३औं मिनेटमा भ्यालेन्सियाका योनुस मुसाहले गोल गरे पनि भिएआरले मान्यता दिएन ।
यस सिजन दोस्रो जित निकालेको एट्लेटिको तीन खेलबाट ६ अंकसहित छैटौं स्थानमा उक्लेको छ । भ्यालेन्सिया ३ अंकसहित १४औं स्थानमा छ । यस सिजन शतप्रतिशत जितसहित रियल मड्रिड र रियल बेटिस क्रमश पहिलो र दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4