
काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपाली फिल्मलाई भारतीय बजारमा सहज पहुँच दिलाउन पहल गर्ने बताएका छन् ।
राजदूत शर्मा र ‘प्रेमगीत ३’ हिन्दी संस्करणका निर्माता सुवास काले तथा अभिनेता प्रदीप खड्काबीच दिल्लीस्थित राजदूतावासमा मंगलबार बिहान भएको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । भेटमा ‘प्रेमगीत ३’ निर्माता र अभिनेताले दूतावासको सहयोगको अपेक्षा गरेका थिए ।
‘राजदूतज्यूले फिल्मको भारतीय रिलिजमा सघाउनेदेखि भारतीय बजारमा नेपाली फिल्मको पहुँच पुर्याउनेबारे प्रतिबद्धता जनाउनुभयो,’ प्रदीपले अनलाइनखबरसँग भने ।
सोमबार बेलुका राजदूत शर्मा र गृहमन्त्री अमित शाहबीच पनि आर्थिक कूटनीतिबारे छलफल भएको थियो ।
फिल्म ‘प्रेमगीत ३’ असोज ७ गते नेपाल र भारतसहित थुप्रै मुलुकमा रिलिजको तयारीमा छ । भारतमा हिन्दी र नेपालमा नेपाली भाषामा फिल्म प्रदर्शन हुनेछ । फिल्म ‘प्रकाश’ रिलिजपछि अभिनेता प्रदीप सोमबार बिहान दिल्ली प्रस्थान गरेका थिए ।
प्रतिक्रिया 4