+

केन्याविरुद्ध टस जितेको नेपालले पहिले ब्याटिङ गर्दै

२०७९ भदौ  १४ गते १५:३३ २०७९ भदौ १४ गते १५:३३
केन्याविरुद्ध टस जितेको नेपालले पहिले ब्याटिङ गर्दै

१४ भदौ, काठमाडौं । केन्या विरुद्धको पाँचौ तथा अन्तिम टी-२० खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नैरोवीस्थित जिमखान क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । यसअघिका चारै खेलमा नेपालले पहिले बलिङ गरेको थियो ।

जसमा दुई खेल नेपालले लक्ष्य पछ्याएर जितेको थियो भने दुई खेलमा लक्ष्य भेट्टाउन सकेन । नेपाल र केन्याले दुई-दुई खेल जित्दा शृंखला बराबरी अवस्थामा छ ।

आजको खेल जित्नेले शृंखला जित्नेछ । नेपाली टिममा आज दुई परिवर्तन गरिएको छ । आरिफ शेख र शाहब बलमको स्थानमा विवेक कुमार यादव र वसिर अहमदलाई पहिलो रोजाईँमा राखिएको छ ।

नेपाल केन्या
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय