
काठमाडौं । जतिबेला नेपाली बक्स अफिस सुक्खा थियो, त्यतिबेला हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले उद्योगलाई राहत दियो । नेपालमा यसको लाइफटाइम कलेक्सन ७ करोड ३० लाख रुपैयाँ रह्यो ।
कोरोना महामारीपछि यो फिल्मले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो । यही फिल्मलगत्तै डक्टर स्ट्रेन्ज २ र टपगन माभेरिकले पनि नेपालमा राम्रो कमाइ गरे ।
यतिबेला ‘स्पाइडरम्यान : नो वे होम’ फिल्मलाई लिएर पुनः नयाँ खबर छ । आगामी शुक्रबार यो फिल्म नेपाल र भारतसहित विश्वभर रि–रिलिज हुने भएको छ । एप्पल इन्टरटेनमेन्टले नेपालमा शुक्रबार फिल्म लाग्ने जानकारी दिएको छ ।
झण्डै १० मिनेट लामो अतिरिक्त फुटेजसहित फिल्मलाई पुनः रिलिज गर्न लागिएको हो । यति हुँदाहुँदै पनि टम हल्यान्ड स्टारर फिल्मले विश्वभर नै लोभलाग्दो कमाइ गरेको छ ।
नेपालमा पुनः रिलिज भएमा यसले आठ करोड ग्रसको आँकडा पार गर्ने अनुमान एप्पलले गरेको छ । बक्स अफिस मोजोका अनुसार फिल्मले हालसम्म विश्व बक्स अफिसमा एक अर्ब ९१ करोड १२ लाख अमेरिकी डलर कमाइ गरेको छ ।
प्रतिक्रिया 4