
१४ भदौ, काठमाडौं । गाडी आयातको प्रतिबन्ध २८ असोजसम्म लम्ब्याउने सरकारी निर्णयले चाडबाडमा डिजेल र पेट्रोलबाट चार पांग्रे नयाँ गाडी अभाव हुने व्यवसायीले बताएका छन् । गाडी व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसियसन नेपालले सरकारको कदमले अधिकांश उपभोक्ताले यो दशैंमा नयाँ गाडी नपाउने निश्चित भएको जनाएको छ ।
पाँच महिनादेखिको प्रतिबन्धका कारण बजारमा गाडी अभाव भइरहेको र यो दशैंसम्म लम्बिने एसोसिएसनका अध्यक्ष ध्रुब थापाले बताए । सरकारले गरेको निर्णय मुलुकका लागि ठीकै भए पनि गाडीका पारखी र व्यवसायीलाई यो निर्णयले आहात पुगेको र यो दीर्घकालसम्म रहने थापाले बताए ।
‘कुल आयातको एक प्रतिशत मात्रै हिस्सा कार, जीप र भ्यानको हो । तर, यसले राजस्वमा ९ प्रतिशत योगदान गर्ने थियो,’ अध्यक्ष थापाले भने,’सरकारले खुलाएको भए केही मात्रामा नयाँ गाडी भित्रिन सक्ने अवस्था हुन्थ्यो होला ।’
कार जीप र भ्यानले कुल भन्सार राजस्वमा ३० अर्ब योगदान दिने गरेको दाबी पनि उनले बताए ।
सरकारले प्रतिबन्ध खुलाउने वा नखुलाउनेबारे बेलैम्ाा व्यापारीलाई स्पष्ट जानकारी नदिंदा नेपाली आयातकर्ताले गाडी कम्पनीसँग विश्वास गुमाएको थापाले दाबी गरे ।
व्यवसायीले आयातका लागि गाडी निर्माता कम्पनीसँग गरेको अर्डर यसअघि पनि ३ पटकसम्म रद्ध भएको पनि उनले बताए ।
प्रतिक्रिया 4