
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो
१५ भदौ, चितवन । वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान साढे २ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बाटो बन्द भएपछि सवारी साधन र त्यसमा सवार यात्रुहरु अलपत्र परेका छन् ।
पहिरो हटाएर सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4