+
+

ओलीको क्षेत्र झापा-५ बाट ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १३:०९

काठमाडौं । ‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत हो ।

अनलाइनखबरसँग कुरा गर्दै कट्टेलले उम्मेदवारी दिने आधिकारिक घोषणा नगरेको भए पनि आफू यसको तयारीमा रहेको बताए । ‘निर्वाचन पनि आउनै लाग्यो, ढिला गर्ने समय पनि छैन,’ उनले भने, ‘अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन । म साथीहरुसँग छलफल गर्दैछु ।’

जतिसक्दो चाँडो उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने उनले बताए । कट्टेल पनि झापा-५ कै मतदाता हुन् । ‘म अहिलेसम्म कुनै पार्टीमा पनि आबद्ध नभएको मान्छे । स्वतन्त्र उम्मेदवारको रुपमा जनतासँग इमान्दार भएर काम गर्ने चाहना छ,’ उनले भने ।

कट्टेलले उम्मेदवारी दिने तयारी गरेपछि अहिले सामाजिक सञ्जालमा उनको चुनावी पोस्टरसहित प्रचारप्रसार सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?