
फाइल तस्वीर
१५ भदौ, काठमाडौं । भ्रष्टाचार गरेको रकम लगानी गरेर त्यसबाट आर्जित सम्पत्तिलाई समेत आर्थिक अपराध मान्ने गरी कानुन बन्ने भएको छ ।
सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भएको र यसमा सो प्रावधानलाई समेत समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव धनराज ज्ञवालीले जानकारी दिए ।
बुधबार प्रतिनिधिसभा, अर्थ समितिको बैठकमा बोल्दै सचिव ज्ञवालीले यस्तो जानकारी गराएका हुन् ।
उनका अनुसार अब भ्रष्टाचार वा आर्थिक अनियमितताको अनुसन्धान गर्ने निकायले सम्पत्ति शुद्धीकरणको विषयसमेत सँगसँगै अनुसन्धान गर्न सक्नेछ । जसका आधारमा भ्रष्टाचारबाट आर्जित सम्पत्तिले थप सम्पत्ति आर्जित गरेको भए, त्यसलाई समेत आर्थिक अपराध मान्ने छ । सम्पत्ति शुद्धीकरण विभागले लामो समयदेखि यस्तो कानुनको माग गर्दै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4