+
+

रवीन्द्रको खण्डन गर्दै विवेकशील साझाले भन्यो : राप्रपासँग तालमेल–एकता केही हुन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १७:२६

 

१५ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीले राप्रपासँग तालमेल वा एकताको कुनै सम्भावना नरहेको बताएको छ ।

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन गर्ने तयारीमा रहेका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राप्रपा नेताहरुसँग सम्वादमा छन् । उनले हालै मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेका थिए ।

मिश्रले राप्रपासँग हिमचिम बढाउँदा पार्टीका नेता कार्यकर्ता समेत भ्रममा परेको भन्दै विवेकशील साझाले बुधबार वक्तव्य नै निकालेर खण्डन गरेको छ । अध्यक्ष समीक्षा बास्कोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विवेकशील साझा पार्टीले परम्परागत दलहरुसँग चुनावी तालमेल तथा एकीकरणबारे कुनै औपचारिक वार्ता नगरेको प्रष्ट पार्न चाहन्छौं ।’

उनको वक्तव्यमा मिश्रको नाम लिइएको छैन । तर मिश्रका गतिविधिका कारण पार्टी नै अप्ठ्यारोमा परेपछि बोल्नुपरेको नेता निर्देश सिलवालले बताए । उनले भने, ‘रवीन्द्रले गर्नुभएको काम व्यक्तिगत हो । उहाँ व्यक्तिगत रुपमा पार्टी प्रवेश गर्न सक्नुहुन्छ, उहाँको साथमा केही व्यक्ति पनि जान सक्छन् । तर विवेकशील साझाले आधिकारिकता रुपमा न तामलेम गर्छ, न एकता गर्छ ।’

वैकल्पिक राजनीतिक केन्द्र निर्माणका लागि आवश्यक छलफल भइरहेको समीक्षाले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?