+
+

काठमाडौंका १० वटै क्षेत्रबाट एमालेका उम्मेदवार सिफारिस, को को परे ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १८:२३

१५ भदौ, काठमाडौं । नेकपा एमालेले काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । तीमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवार पठाएको छ ।

एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराईको नाम सिफारिस गरेको पार्टीको काठमाडौं जिल्ला कमिटीका एक सदस्यले बताए ।

क्षेत्र नम्बर २ मा मणिराम फुयाँल, ३ मा कृष्ण राईको नाम सिफारिस भएको छ ।

काठमाडौं ४ मा राजन भट्टराई र निर्मल कुँइकेल, ५ मा ईश्वर पोखरेल, ६ मा कल्पना रिजाल, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल,  प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ ।

यस्तै काठमाडौं–७ मा विपी ढकाल, इन्दिरा पन्त, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्तको नाम सिफारिस भएको छ ।

काठमाडौं ८ बाट राजेश शाक्यको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य र विद्यासुन्दर शाक्यको नाम सिफारिस भएको छ ।

एमालेले काठमाडौं १० बाट विनोद श्रेष्ठ, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन र शरब महर्जनको नाम सिफारिस गरेको जिल्ला कमिटीका ती सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?