
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरको चाडपर्व लक्षित ‘चाडवाडको लहर, तिलहरीको रहर, फोन पेको साथ सेल्सबेरीको अफर’ नामक योजनाको दोस्रो हप्ताको विजेता हरि ढुंगाना बन्न सफल भएका छन् ।
दोस्रो हप्ताको विजेता बन्न सफल भएका ढुंगानाले एक तोलाको छड्के तिलहरी जित्न सफल भएको कम्पनीले जनाएको छ ।
सेल्सबेरीका अनुसार गत हप्ताको विजेता रुवेश राणा घोषित भएका थिए । उनलाई फेसबुक लाइभमार्फत छड्के तिलहरी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
सेल्सबेरीका अनुसार अझै दुई हप्ताको विजेता घोषणा हुन बाँकी रहेको भन्दै योजनामा सहभागी हुन ग्राहकसँग अनुरोध गरेको छ । यो योजना १ भदौदेखि ३१ भदौसम्म लागू हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4