+

साफ यू-१७ च्याम्पियनसिप खेल्न नेपाली टोली श्रीलंका प्रस्थान

२०७९ भदौ  १७ गते १५:३७ २०७९ भदौ १७ गते १५:३७
साफ यू-१७ च्याम्पियनसिप खेल्न नेपाली टोली श्रीलंका प्रस्थान

१६ भदौ, काठमाडौं । श्रीलंकामा भदौ २० गतेदेखि २९ गतेसम्म हुने साफ यू-१७ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाली टिम आज (शुक्रबार) त्यसतर्फ प्रस्थान गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नै एक कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको थियो ।

६ टिम सहभागी च्याम्पियनसिपमा नेपाल समूह बी मा छ । यस समूहमा भारत र भुटान पनि छन् । समूह एमा बंगलादेश, श्रीलंका र माल्दिभ्स छन् । नेपालले भदौ २२ गते भुटानसँग पहिलो खेल खेल्नेछ भने भदौ २४ गते भारतसँग खेल्नेछ । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन्

सन् २०११ का नेपालबाट साफ यू-१७ च्याम्पियनसिपको रुपमा सुरु यस प्रतियोगिता अहिलेसम्म ६ पटक भएका छन् । जसमा भारतले सर्वाधिक ३ पटक, बंगलादेशले २ र पाकिस्तानले १ पटक उपाधि जितेका छन् । नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । नेपाल ३ पटक उपविजेता भएको थियो ।

साफ यु-१७
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय