
स्व. नवीन्द्रराज जाेशी र सपना ।
१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको पत्नी सपना राजभण्डारीले काठमाडौं–८ बाट उम्मेदवार हुनका लागि आवेदन दिएकी छन् ।
जोशीले उम्मेदवारको दाबी गर्दै नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिमा आवेदन दिएकी हुन् । काठमाडौं महानगरमा मेयरको नाममा चर्चा रहे पनि उनी उम्मेदवार बन्न भने पाइनन् ।
२०७४ मा मेयरमा पराजित राजुराज जोशीले पनि काठमाडौं ८ मै उम्मेदवार हुनका लागि पार्टीमा आवेदन दिएका छन् । सपना र राजुराज देवर भाउजू हुन् ।
२०७४ सालको निर्वाचनमा काठमाडौं ८ मा एमालेको तर्फबाट जीवनराम श्रेष्ठ ४४४ मतले निर्वाचित भएका थिए । निर्वाचित श्रेष्ठ हाल एकीकृत समाजवादीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4