+
+

सपना भन्छिन् : नवीन्द्रलाई सम्झेर तपाईं नै उठ्नुपर्छ भन्नुहुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १९:२१

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको मस्तिष्कघातबाट २०७७ को चैतमा निधन भएको थियो ।

कांग्रेसका शालीन नेताको व्यक्तित्व बनाएका जोशीको छवि पार्टी भित्र उच्च थियो । सामाजिक कार्यमा तल्लिन जोशी मतदाता कहाँ नियमित पुगिरहन्थे । २०६४ र २०७० सालमा काठमाडौ–८ बाट निर्वाचित जोशी २०७४ सालमा भने पराजित भए । जोशी वामगठबन्धन हुँदा समेत झिनो मतले पराजित भएका थिए ।

नवीन्द्रको निधनपछि श्रीमती सपना जोशी सक्रिय भएर कांग्रेसको राजनीतिमा लागेकी छन् । काठमाडौं महानगरको मेयरको उम्मेदवारमा चर्चा भए पनि उनले टिकट भने पाउन सकिनन् ।

त्यसैले जोशीले प्रतिनिधि सभामा सांसद हुने आकांक्षाले उम्मेदवारको लागि आवेदन दिएकी छन् ।

टिकट प्राप्त गरे निर्वाचित हुने दाबी गरेकी जोशीसँग अनलाइनखबरले गरेको कुराकानी उनकै शब्दमा :

काठमाडौं क्षेत्र नम्बर ८ बाट म र राजुराज जोशीले प्रत्यक्षतर्फको उम्मेदवार हुनका लागि आवेदन दिएका छौं । समानुपातिकतर्फ ६ जनाले नाम दर्ता गर्नुभएको छ ।

पार्टीले टिकट दिन्छ भन्ने विश्वास भएर नै आवेदन दिएकी हुँ । मेरो श्रीमान (नवीन्द्रराज जोशी)ले यसै क्षेत्रबाट दुई पटक जित्नुभएको हो । २०७४ सालमा थोरै मतले पराजित हुनुभएको थियो । उहाँले गरेको योगदानको पार्टीले मुल्यांकन गरेर टिकट देला भन्नेमा आशावादी छु । म पनि कांग्रेसको राजनीतिमा क्रियाशील रहँदै आएको व्यक्ति हुँ । पार्टीको महासमिति सदस्य छु । वडादेखि क्षेत्रका सबै कार्यक्रममा सहभागी हुँदै आएकी छु ।

नेपाल विद्यार्थी संघको राजनीति गरें । श्रीमान नै पूर्ण रुपमा पार्टीका काममा लाग्नुभएकाले म पनि कार्यक्रमहरुमा सहभागी भइरहन्थे । पार्टीको अधिवेशनमा क्षेत्रबाट चुनिएकी थिएँ । उहाँको निर्वाचनमा घरदैलो गर्दा धेरै नेता कार्यकर्ताले मलाई पनि चिन्नुभएको छ ।

कोभिडको बेला श्रीमानले गरेका कामको अहिले यस क्षेत्रका मतदाताले सम्झिरहनु हुन्छ । लकडाउनको त्यस्तो गाह्रो बेला पनि जनतालाई सेवा पुर्‍याउन लागि रहनुभएको थियो । उहाँको निधनपछि म झनै सक्रिय भएर पार्टीमा लागेको छु । सामाजिक कार्यमा पनि सरिक छु । यो क्षेत्रमा भेटघाटमा निस्कँदा नवीन्द्र जीलाई सम्झेर रुनुहुन्छ । तपाईं नै उठ्नपर्छ भन्नुहुन्छ ।

अघिल्लोपटक यहाँ एमालेबाट जीवनराम श्रेष्ठले जित्नुभएको हो । कांग्रेसबाट उम्मेदवार पाउनेमा मलाई विश्वास छ । तालमेल गर्दा पार्टीले एकीकृत समाजवादीलाई नै दिने भन्यो भने त मान्नै पर्‍यो नि । मैले टिकट पाएँ भने जित्छु नै । पार्टीको माथिल्लो स्थानमा रहेका नेताहरुसँग कुरा गरेको छु । तपाईं उठ्नुपर्छ भन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?