
१९ भदौ, काठमाडौं। प्रहरीले जापान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-९ घर भई हाल ललितपुरको बालकुमारी बस्ने ३८ वर्षीय मिना सुब्बा रहेकी छिन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसान्धानको कार्यालयको टोलीले सुविधानगरबाट पक्राउ गरेको हो ।
उनले वर्किङ भिसामा जापान पठाइदिन्छु भन्दै पीडित व्यक्ति १३ लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएकी थिइन् ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको अनुसन्धान कार्यायलयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4