
२० भदौ, झापा । नेकपा एमालेमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न अग्नि खरेलसहित चार जनाको नाम सिफारिस भएको छ ।
सोमबार क्षेत्रीय कमिटीले पूर्वकानुनमन्त्री खरेल, प्रदेश इञ्चार्ज देवराज घिमिरे, वहालवाला सांसद पवित्रा निरौला खरेल र बिर्तामोड नगरका पूर्वमेयर ध्रुव शिवाकोटीको नाम सिफारिस गरेको छ ।
ओली सरकारमा महान्यायाधिवक्ता रहेका खरेलले राजनीतिमा फर्किने भन्दै ६ चैत २०७७ मा पदबाट राजीनामा दिएका थिए । पछिल्लो समय उनी जिल्ला इञ्चार्जको जिम्मेवारी लिएर झापामा नै बस्दै आएका छन् ।
तर पछिल्लो समय घिमिरेले पनि उम्मेदवार हुने लविइङ तीव्र बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4