+
+

मावि शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता असोज २५ र २६ गते

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते २०:१९

२० भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको  प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत १५ र २०७९ असार ९ गते परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले जारी गरेको सूचना अनुसार प्रदेश-१को सबै र मधेश प्रदेशका (क्र.सं १ देखि १० सम्‍मका उम्‍मेदवार) अन्तर्वार्ता असोज २५ गते विहान ८ बजे हुने छ ।

यस्तै मधेश प्रदेशका (क्र.सं. ११ देखि माथिका सबै) उम्‍मेदवार, कर्णाली प्रदेश र गण्डकीका सबै उम्‍मेदवार तथा बागमती प्रदेश (क्र.सं.२६ देखिमाथि सबै उम्‍मेदवार)को अन्तर्वार्ता २५ गते दिउँसो २ बजे हुनेछ ।

यस्तै बागमती प्रदेश (क्र.सं. १ देखि २५ सम्‍मका उम्‍मेदवार), लुम्बिनी प्रदेशका सबै र सुदूर पश्‍चिम प्रदेशका सबै उम्‍मेदवारहरुको अन्तर्वार्ता असोज २६ गते बिहान ८ बजे हुने कार्यतालिका बनाएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?