
२१ भदौ, काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले प्रस्तावित लाभांश २ कात्तिक २०७९ मा हुने वार्षिक साधारणसभामा पेश हुने र उक्त साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने जनाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि १२ असोजमा एक दिनको लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने जनाएको छ ।
यस अनुसार ११ असोजसम्म कायम सेयरधनीले साधारणसभामा सहभागी हुन र नगल लाभांस पाउन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4