२१ भदौ, काठमाडौं । पाकिस्तानी कप्तान बाबर आजम र अर्का ब्याटर मोहम्मद रिजवान तथा भारतीय ब्याटर सूर्यकुमार यादव आइसीसी टी–२० अन्तर्राष्ट्रियको ब्याटर वरीयतामा शीर्ष तीनमा छन् ।
आईसीसीको ब्याटिङ वरीयतामा पाकिस्तानी कप्तान आजम ८१० रेटिङ अंकसहित शीर्षस्थानमा छन् । रिजवान ७९६ र सूर्यकुमार ७९२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।
एसिया कपमा खेलिरहेका यी ३ बीच शीर्ष स्थानमा पुग्न तीव्र प्रतिस्पर्धा छ ।
यूएईमा जारी एसियाकप क्रिकेटमा बाबर यस पटक खासै राम्रो चल्न सकेका छैनन् । रिजवान र सूर्यकुमार भने अर्धशतशीय पारी खेल्दै आफ्नो वरीयता सुधारतर्फ अघि बढेका हुन् ।
एसिया कपमा फर्ममा देखिएका रिजवानले दुई अर्धशतकसहित १९२ रन जोडेका छन् । उनले हङकङ र भारतविरुद्ध अर्धशतकीय पारी खेलेका हुन् ।
सूर्यकुमारले पनि यस पटकको एसियाकपमा राम्रो प्रदर्शन गरिरहेका छन् । उनले हङकङविरुद्ध २६ बलमा ६८ रन सहितको अविजित पारी खेलेका थिए । बाबर भने १०, ९ तथा १४ रनमा नै आउट हुन पुगेका छन् ।
प्रतिक्रिया 4