+
+

एमाले पोलिटब्‍यूरो सदस्य सिग्देलले गरे उम्मेदवार नबन्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते १५:५६

२१ भदौ, तनहुँ । नेकपा एमालेका पोलिटब्‍यूरो सदस्य एवं संविधान सभा सदस्य टुकराज सिग्देलले यस पटकको कुनै पनि तहको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

दमौलीमा भएको एमाले तनहुँको जिल्ला कमिटिको बैठकमा सिग्देलले आफू यस पटक कुनै पनि तहको उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । २०५६ को आम निर्वाचन र २०७० को दोश्रो संविधान सभाको निर्वाचनमा सिग्देल तनहुँ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

त्यसअघि २०५१ को मध्यावधि निर्वाचनमा तनहुँ क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बनेका सिग्देल झिनो मत अन्तरले नेपाली कांग्रेसका अमरराज कैनीसँग पराजित भएका थिए ।

मंसिर ४ को चुनावमा उम्मेदवार बन्न नेताहरुबीच मारामारको अवस्था भइरहँदा एमालेको तनहुँ जिल्ला इञ्चार्ज समेत रहेका सिग्देलले नयाँ पुस्तालाई अवसर सिर्जना गर्न आफू चुनावी मैदानमा नरहेको प्रष्ट पारेका हुन् ।

‘अहिले म ६५ वर्ष पुगेँ, राजनीतिमा मेरो नाती पुस्ताको व्यक्तिको प्रवेश भइसक्यो’ सिग्देलले प्रश्न गरे ‘अझै पनि मैले नै उम्मेदबारको दावी गरेँ भने युवा पुस्ताले कहिले अवसर पाउने ?’

आफू उम्मेदवार नभए पनि पार्टीलाई जिताउन चुनावी कमान्ड सम्हाल्ने सिग्देलले बताए । विगतको गौरवपूर्ण इतिहासलाई यसपटक पनि निरन्तरता दिनु पर्ने भन्दै सिग्देलले पार्टीले जसलाई टिकट दिए पनि चुनाव जिताउन सबै कार्यकर्ता एक ढिक्का हुनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?