२१ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमबाट मिडफिल्डर दीपा शाही र फरवार्ड अमिसा कार्कीले डेब्यु गरेका छन् ।
दुवै जनाले गत चैतमा भएको राष्ट्रिय महिला लिग त्रिभुवन आर्मीबाट खेलेका थिए ।
उपमेयर कपमा गतवर्ष उत्कृष्ट खेलाडी बनेकी १९ वर्षीय मिडफिल्डर हुम्लाकी खेलाडी शाही वर्ष भारतमा भएको साफ यू-१९ च्याम्पियनसिपमा टिममा थिइन् । तर चोटका कारण उनले धेरै खेल्न पाइनन् ।
मिडफिल्डर दीपाले उपमेयर कपमा गरेको प्रदर्शनका आधारमा विभागीय टोली त्रिभुवन आर्मीबाट खेल्ने अवसर पाइन् । उनले गत चैतमा चितवनमा भएको राष्ट्रिय महिला लिग आर्मीबाट खेलेकी थिइन् ।
साफ यू-१९ खेलेकी अमिसा कार्की पहिलो पटक सिनियर टिममा स्थान बनाएकी हुन् । जसले डेब्यु गरिन् ।
प्रतिक्रिया 4