
काठमाडौं । गायिका त्रिशला गुरुङ यतिबेला चर्चामा छिन् । संगीतकार रोहित शाक्यसँगको अफेयर हल्ला चलेपछि उनले प्रष्टीकरण नै दिनुपर्यो । लिरिक्स लेख्दा मिडियाले रिलेसनसिपमा रहेको बताएपछि आफूले परिवारको गाली खानुपरेको उनले बताइन् ।
दशैं फेस्टिभलबारे आयोजित पत्रकार सम्मेलनमा गुरुङले एक खुलासा गरिन् । यो खुलासाले उनलाई पुनः चर्चामा ल्याएको छ । करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ दी इयर’को दोस्रो श्रृंखलाबाट आफूलाई अफर आएको उनले बताएकी छन् ।
उक्त फिल्ममा अनन्या पाण्डेले गरेको भूमिकामा आफूलाई प्रस्ताव आएको त्रिशलाले बताएकी छन् । तर पढाइको कारण त्यो अफर गर्न नसकेको उनले बताएकी छन् ।
‘फाइनल एयरमा हुँदा अनन्या पाण्डको भूमिकामा मलाई अफर आएको थियो । तर मैले पढ्नुपर्छ भनेर लागें,’ उनले भनिन् ।
तर पढाइमा फोकस हुनुपर्ने भएपछि आफूले प्रस्तावलाई अस्वीकार गरेको उनले बताएकी छन् । ‘पढाइको कारणले टाइम दिन पाइनँ । एक्ट्रेस हुन त सोचेको पनि थिइनँ । म गायनमा फोकस हुन चाहन्छु । मेरो फोकस पहिले पनि पढाइ थियो,’ उनले भनिन् ।
कभर गीतबाट चर्चित त्रिशला चिकित्सक समेत हुन् ।
प्रतिक्रिया 4