
काठमाडौं । नेपालीहरूको चाड दशैं–तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक योजना ल्याएको छ । २१ भदौबाट सुरु भएको यो योजना यामाहाको कुनै पनि बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार यो योजना अन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै स्योर शट उपहारमा ६ हजार रुपैयाँ नगद जित्न सक्ने छ । यस्तै ‘फिफा विश्वकप २०२२’ लाई समेत लक्षित गर्दै लक्की ड्रमार्फत् हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्ने कम्पनीले जनाएको छ ।
उक्त योजना अन्तर्गत यामाहाको बाइक वा स्कुटर खरिद गर्न चाहनेहरूलाई कम्पनीले अझ सुलभ प्रक्रिया ल्याएको जनाएको छ । उक्त योजना अवधिभित्र यामाहाको बाइक वा स्कुटर किन चाहनेहरूले ३० मिनेटमा सबै वित्तीय प्रक्रियाहरू पूरा गरी यामाहाको बाइक वा स्कुटर लिन सक्ने जनाएको छ ।
चाडपर्वमा ग्राहकवर्गको अपेक्षा सधैं बढी हुने र यो योजनाले ग्राहकको अपेक्षा पूरा गर्नेमा विश्वस्त रहेको यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताए ।
प्रतिक्रिया 4