+
+

होन्डाको ‘दशैं शुभ लाभ’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते १८:५२

काठमाडौं । नेपालका लागि होन्डा टू व्हीलर्स्को आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले चाडपर्व लक्षित ‘होन्डाको दशैंको शुभ लाभ’ नामक उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीको उपहार योजना अन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपन मार्फत ७ लाख रुपैयाँसम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।

यस्तै अन्य उपहारहरु र ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले ७ लाख रुपैयाँसम्म र बम्परमा लक्की ड्र मार्फत १५ लाख रुपैयाँ नगद उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस्तै ग्राहकदलाई ईजी फाइनान्सको पनि सुविधा रहेको जनाएको छ ।

उक्त योजना २० भदौ २०७९ देखि सुरु भई सीमित अवधिसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ । होन्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?