
२२ भदौ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कमेडियन अपूर्व क्षितिज सिंहको रिहाईको माग गरेका छन् ।
संसदमा विशेष समय लिएर उनले आफ्नो हांस्य कला प्रस्तुत गर्ने क्रममा कसैलाई मर्का पारे पनि क्षमायाचना गरे पनि थुनामा राखिएको भन्दै सरकारको आलोचना गरे । उनले भने, ‘म उहाँलाई शीघ्र रिहाई गर्न माग गर्छु ।’
नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्याएको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंह थुनामा छन् ।
शीर्ष नेताहरुले प्रज्ञा भवनमा आफ्नै अगाडी आफूमाथि गरिएका व्यंग्य हाँसेर हेरेको प्रशंग निकाल्दै उनले व्यंग्य गरेकै भरमा थुन्न नहुने बताए ।
भट्टराईले सुरक्षा गार्ड थुनाउने पर्यटनमन्त्री जीवनराम श्रेष्ठप्रति व्यंग्य पनि गरे । ‘हुन त यो मुलुकमा मन्त्रीलाई यसो कड्के नजर लगाएर हेर्यो भने पनि सुरक्षा गार्डहरु पक्राउ पर्ने देश हो,’ उनले भने, ‘अहिले त्यो खालका मन्त्रीज्यूहरु सत्तामा आसिन हुनुहुन्छ ।’
प्रतिक्रिया 4